Bichitra
»
सिन्धुपाल्चोकको पोखरेवेंसीमा बस दुर्घटना, ३० घाइते, ६ गम्भीर - अनिश तिवारी, चौतारा (सिन्धुपाल्चोक) सिन्धुपाल्चोक बन्देउ चौतारा सडकखण्डको पोखरेबेसीमा दुर्घटनास्थलमा लडेको बस र मोटरसाइकल । असार १८, २०७४- चौतारा साँगाचोकगढी नगरपालिकाको ठूलोसिरुवारीबाट काठमाडौं जाँदै गरेको बस र विपरीत दिशाबाट आइरहेको मोटरसाइकलसँग जुध्दा ६ जना गम्भीर र ३० सामान्य घाइते भएका छन् । बा २ ख २७०२ नम्बरको चालीस यात्रु बोकेको बस बन्देउ चौतारा सडकखण्डको पोखरेबेसीमा बा ६४ प ३०२६ नम्बरको मोटरसाइकलसँग ठक्कर खाएको थियो । एकले अर्कोलाई उछिन्ने होडबाजीमा आइरहेको यात्रु बस र बाइक दुर्घटनास्थलबाट १५ मिटर तल खसेको प्रहरी जवान केदार तिवारीले बताए । दुर्घटना भएलगत्तै उद्धार गरी गम्भीर घाइते भएकाहरुलाई तत्काल धुलिखेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘सामान्य घाइतेलाई जिल्ला अस्पताल ल्याइएको छ ,’ प्रहरी उपरीक्षक रविन्द्र केसीले भने,‘घाइतेको परिचयबारे पूरा विवरण भने आइसकेको छैन ।’

0 comments
Write Down Your Responses