साझा सबालमा देश किन बनेन भनेर प्रश्न सोध्ने युवाहरुलाई प्रधानमन्त्री देउवाले हप्काए (भिडियो सहित)

प्रधानमन्त्री शेरबहादुर देउवालाई एक युवाको प्रश्न -नेपाललाई तपाइको हातमा दिदा हिरा दिईएको थियो,तपाईले ढुङ्गा बनाएर छोड्नुभयो ?
२०६२/ ६३ सालको आन्दोलनपछि राजकाजको शक्ति सिंहदरबारबाट देखिने गरी नै प्रधानमन्त्री निवास बालुवाटार सरेको छ। शान्ति प्रकियादेखि संविधान लेखन र हरेक ठूला साना राजनीतिक सहमति र विमतिको टुंगो बालुवाटारमै लाग्ने गरेको छ। १३ वर्षपछि बालुवाटर फर्केका प्रधानमन्त्री शेरबहादुर देउवासँग देशलाई अगाडि लाने योजना के छ ? साझा सवालको पाँच सयौं अंक प्रधानमन्त्री निवास बालुवाटारमा ।
.
कार्यक्रममा सहभागीहरुले जनताहरुले प्रधानमन्त्रीलाई देश,समाज र रास्ट्रिय मुद्धाहरुको बारेमा निकै आक्रामक रुपमा प्रश्नहरु सोधे,धेरैजसो सहभागीहरुले प्रधानमन्त्रीलाई संबिधान संशोधन ,तेस्रो चरणको निर्वाचन,पुर्बप्रधानन्यायधीश सुशीला कार्की माथी महाअभियोग लगाईएको बारेमा प्रश्न गरेका थिए। तर सोधिएका कुनै पनि प्रश्नहरुको चित्तबुझ्दो र सहज उत्तर प्रधानमन्त्रीले दिएनन्।
.
४८ मिनेटको कार्यक्रममा अधिकाँश समय आक्रोशित मुद्रामा देखिएका प्रधानमन्त्रीलाई कार्यक्रमको बीचतिर २५ मिनेटमा सहभागी एक युवाले लि क्वान यु लाई सिङ्गापुर दिदाँखेर ढुङ्गा दिइएको थियो, उनले हिरा बनाए। तर नेपाललाई तपाईको हातमा दिदाँखेर हिरा दिइएको थियो तपाइले ढुङ्गा बनाएर छोड्नु भयो,यसको कारबाही कसलाई गर्ने ?
.
त्यसैमा थप्दै ति युवाले सिङ्गापुर,चाइना,बेलायत र अमेरिका लगायत देशमा अक्फोर्ड बिश्वबिधालयका उत्कृस्ट बिधार्थी प्रधानमन्त्री भएका छन्। तर नेपालमा सत्तरी बर्षदेखि जनताको मन बुझ्ने प्रधानमन्त्री पाएनौं,तपाई कहिले बिस्थापित हुने ? हामिहरु अति निराश भईसक्यौ,चार चोटि पाँच चोटि प्रधानमन्त्रीको लागी मात्रै प्रधानमन्त्री होइन जनताको लागी प्रधानमन्त्री कहिले हुने ? युवाको प्रश्नमा जवाफ फर्काउदै देउवाले तपाई बढ्ता बोल्दै हुनुहुन्छ, आफु जनताले चुनेको प्रधानमन्त्री भन्दै बेस्सरी रिसाए।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.