~नेपालीले दार्जेलिंग बासीलाई गोर्खाल्याण्ड माग्न पाउदैनउ भन्नुको यस्तो रहेछ कारण (भिडियोमा हेर्नुहोला )
दमक झापा । दार्जिलिङका सुवास घिसिङले ८० को दशक प्रारम्भमा गोर्खाल्यान्ड अन्दोलन सुरु गरे। तर २२ अगस्ट १९८८ मा भएको भारतको केन्द्र सरकार, पश्चिम बंगाल राज्य सरकार र सुवास घिसिङका बीचमा भएको त्रिपक्षीय सम्झौता र २३ अगस्ट १९८८ को भारतको केन्द्र सरकारले प्रकाशित गरेको राजपत्रपछि आन्दोलन स्थगित भयो। यो स्थगनलार्इ भारत र नेपालमा ख्याति कमाइसकेका धेरै लाल बुझक्कडहरुले चरमोत्कर्षमा पुगेको गोर्खाल्यान्ड आन्दोलनलार्इ सदाका लागि समाप्त भएको अर्थ लगाए। उनीहरुले सुवास घिसिङलार्इ गाली गरे। कसैले भारत सरकार र बङ्गाल सरकारलार्इ घुँडा टेकाएको अर्थ लाएर खुसी भए।हाल सुवास घिसिङ दिवंगत भएको अवस्थामा गोर्खाल्यान्ड अन्दोलनको मर्म नबुझे जस्तो गर्नेहरु पनि होलान्। तर त्यसको मर्म बुझ्नेहरुको संख्या नेपाल र भारत दुबैतिर बढ्दो छ।हाल मात्र सिमा सुबेदी नाम गरेकी युवतीले नेपालीलाइ अनेक भनेपछि एक प्रकारको ठुलो काण्डनै मचियो ।तर किन र के कारणले नेपाल र दार्जेलिंगबासि बीच झडप भयो ? नेपाली हरुको मन के कारण दुखेको रहेछ? जय गोर्खाल्यान्ड भनेर सामाजिक सन्जाल रगांउने नेपालीले किन एका एक गोर्खाल्यान्ड माग्न पाउदैन भनेर भने ? यो कुरा सायद सबैलाई थाहा नहुन सक्छ त्यसैले हामीले एउटा भिडियो निर्मण गरेका छौ । नेपालीले एका एक गोर्खाल्यान्ड माग्न पाउदैन भन्नुको अर्थ यो भिडियो बाट स्पष्ट पार्न खोजिएको छ ।


0 comments
Write Down Your Responses