अझै पनि करिब तीन सय आतङ्ककारी बाँकी

मोसुल, (इराक), २१ असार । इराकमा अवस्थित मोसुलको पूरानो सहरको सानो इलाकामा अझै पनि करिब ३ सय इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारीहरू बाँकी रहेका त्यहाँका सैनिक कमाण्डरहरूले बुधबार जानकारी दिएका छन । यसैबीच पश्चिमी मोसुलको केही भागमा अझै पनि भीषण झडप जारी रहेको छ । मोसुलको पूरानो सहर टिग्रीस् नदीनजिकै सानो इलाकामा आइएस आतङ्ककारी समूहका करिब ३ सय आतङ्ककारी लडाई जारी राखेको अनुमान गरिएको मेजर जनरल समी अल आरीधीले बताउनु भएको छ । यद्यपी सैनिक स्रोतले संबादाताहरूलाई दिएको जानकारी अनुसार इराकीबलले मोसुल सहरको सानो इलाका कब्जा लिनको लागि थप प्रयास जारी राखेका छन् । गत मङगलबार इराकी सैनिक कमाण्डरले आइएस आतङ्ककारी समूहबाट इराकको मोसुल सहर पूर्ण स्वतन्त्रताको घोषणा दुई दिनभित्र हुने बताउनु भएको थियो । इराकको राजधानी मोसुलबाट करिब ४ सय किलोमिटर उत्तरमा रहेको मोसुल सहर सन् २०१४ को जुनमा आइएस आतङ्ककारी समूहले कब्जामा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.