बल्खुमा मोटरसाइकल दुर्घटना हुदा महिलाको मृत्यु

काठमाडौं,असर २१ । काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित सडकमा ना.२ ख ३४३८ नम्बरको ट्रकले बा.२ प ३९७८ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिंदा एक महलिाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार काठमाडौं वुद्धनगर बस्ने स्याङजाकी ३० वर्षीया भगवती थापाको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त ट्रक र मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.