+++खबरदार ! भूपु गोरखालीहरुको आँशु, पसिना र रगत बजारमा राखिएको चाईनिज माल होइन जसको सस्तो वार्गेनिङ्ग होस ! बेलायत तथा नेपाल सरकार !+++
धेरै पटक लेखेर बुझाउने कोशिस गरे। सामाजिक सञ्जालहरु मार्फत सचेत गराउने प्रयास गरे। बेलायती भुपु गोर्खालीहरुको समस्य आखिर के हो त भनेर सरकार र सरोकारवालाहरुलाई अवगत गराउन खोजे। विगत दुई शताब्दिबाट विभेद र अन्यायमा पर्दै आएको बेलायती श्रम शोषाणको विरुद्दा जन चेतना जगाउन खोजे। सायद, हिजो र आज मात्रै होइन भोलिका दिनमा पनि मेरो यो क्रम जारी नै रहने छ जति बेला सम्म सम्पुर्ण पीडित गोरखालीहरुले बेलायत सरकारबाट चित्ता बुझ्दो जवाफ पाईदैन। आँशु, पसिना र रगतको मुल्य जति महांगो हुन्छ त्यति नै महांगो मुल्य बेलायत सरकार सित न चुकाए सम्म न लेख्न रोक्ने छु न त बोल्नु नै। हजारौ गोरखालीहरुको लाखौ परिवारले जहिले सम्म बेलायत सरकारले गरेका ति काला कर्तुतहरुको क्षतिपुर्ती पाई पाई लिइदैन त्यति बेला सम्म रोकिने प्रश्नै उठ्दैन। हाम्रो विगतमा स्थापित नजीरहरुले अन्तत: कानुनी उपचारका मार्गहरु पनि प्रशास्तै खुलेको आजको यो दिनमा घटिया वार्गेनिङगको रेखा नाघेर बेलायत सित सम्झौता गर्नु भनेको आफ्नै घुँडामा बञ्चारो हाने सरह हो र हामी यस प्रति सचेत हुनु पर्छ र आजको जरुरी पनि यहि हो। बलिदानीपुर्ण १५ दिने अमरन अनसन, करिब ३ दशाक लामो अरोह-अवरोह सहितको आन्दोलन र त्यसबाट थाकेका बेलायती सरकारको आन्दोलनरत भुपु गोरखाली, नेपाल सरकार र बेलायत सरकार बीचको रोचक तथा अर्थपुर्ण त्रीपक्षिय वार्ता आग्रह आफ्नो ठाऊंमा छंदै छ भने लाखौ भुपु गोरखालीहरुको परिवार मा केहि झिनो आशा सहितको खुसियाली पछिल्लो समय गठित उच्च स्तरिय प्राविधिक समितिले ल्याएको विधितै छ यहां कुनै दुई मत न होला। यधापी, हजारौ गोरखालीहरुको हक र अधिकारको लागि लडाई लड्दा आफ्नो थोरै व्यक्तिगत फाइदा पनि हुने यो संघर्षा बीच धेरै उत्तरचढाबहरु न आएका होइनन आन्दोलनरत नेतृत्वा वर्गमा तर आन्दोलनको उत्तार्रध सम्म आई पुग्दा हिन्दी उखानको एउटा वाक्य चोरी गर्दा ( दाल में कुछ काला हें ) भन्ने उखानको गन्धा कतै न कतै यो लेखकलाई महसुस भयो। किन कि आजको वास्तविकता बिगत २०० वर्ष देखिको शोषाण र विभेदपुर्ण बेलायती नीति व्यवहारको अक्षरस क्षतिपुर्ती हाम्रो पाँच बुँदे मुद्दा हो तै पनि लामो समय देखि झुण्डिएको आन्दोलन छिटो टुँग्याउने/अन्त्य गर्ने हतारमा आन्दोलनरत संस्था भित्रैका केहि जिम्मेवार कपुतहरुले सस्तो वार्गेनिङ गरि अन्तिम रुप दिन खोज्नु लाखौ भुपु गोरखालीहरुको छाती माथि लात्तीले कुल्चनु भन्दा अरु केहि हुनै सक्दैन। यो मेरो अनुमान मात्रै होइन यो एउटा तितो सत्य पनि हो। “बाह्रा वर्ष रामायण पढायो सीता कस की जोई” अनि “हात्ती आयो, हात्ती आयो फुस्सा”। हरेक नेपालीको मुखमा झुन्डिएको यो दुई वटा उखान प्राय: सबैलाई कण्ठै छ। कुनै पनि समय र परिस्थितिलाई पेचिलो भाषामा उजागर गर्दा प्रयोग गरिने यि उखानहरु यसै गरि अजर र अमर रहने छन जति बेला सम्म माथि उल्लेख गरिएका शब्द-शब्दमा धोका हुन्छ, बेइमानी हुन्छ अनि हजारौ भुपु गोरखालीहरुका परिवार सित अन्याय हुन्छ। मलाई राम्ररी थाहा छ, समान पेन्सन भनेको के हो, retrospective समस्य भनेको के हो , redundancy समस्य भनेको के हो , अनि widows र medical facility भनेको के हो ? म आफु संग तपाईको जत्ति बोल्ने लेख्ने र निर्णय गर्ने पहुँच न होला यधापी विद्दान र बुद्दिजीबि तर नैतिकहीन_धोकेवाज नेता महोदयलाई मेरो एउटा मात्रै अनुरोध अनि चेतावानी यहि लाईटनेपाल डट कम को पन्नाबाट दिन चहान्छु। बिर्सेर पनि गल्तिबश -“बाह्रा वर्ष रामायण पढायो सीता कस की जोई” अनि “हात्ती आयो, हात्ती आयो फुस्सा” ! यो माथी उल्लेख गरिएको उखान अथवा शब्दहरु दोहोरिएको देख्न नपरोस। म भगवान सित प्रार्थना गर्दछु। “हजारौ भुपु गोरखालीहरुको आँशु, पसिना र रगत”। बजारमा राखिएको बिकाऊ चाईनिज माल होइन जसको सस्तो वार्गेनिङ्ग होस न त भन्सारमा वर्षौ देखि थन्किएको गाडी नै हो जसको जो कोहि आएर लिलामी बोल्ने !! बेलायती सेना र उसको इतिहांसमा भुपु गोर्खालीहरु त बेलायती राजमुकुटको रक्षाक हो र मुकुटमा जडीत हिरा र रत्न समान हो। विश्व भरि बर्षेनी मिलियन, बिलियन र ट्रीलियन ट्रीलियन पाउन्ड स्टार्लिङ्ग अनुदान स्वरुप बाँड्न हैसियत राख्ने बेलायत सरकारले आज सम्म जीवित औसत: ६० बर्ष नाघेका केहि हजार भुपुहरुले आफुहरु सित ढाँटेर – छलेर लिइएको रकम क्षतिपुर्ती स्वरुप आज आँखा भरि आँशु बगाउदै टेन डाऊन स्ट्रीटमा आवज उठाउदा टाउको कन्याउनु पर्ने कुनै आवश्यकता छैन अनि पछिल्लो समय वार्गेनिङ्ग शब्दलाई पैचो लिएर बेलायति साम्राज्यवादी र शोषाकहरु सित झुक्नु पनि पर्दैन भने कुनै अन्दोलनमा प्रत्यक्ष र अप्रत्यक्ष सहभागि कुनै पनि गोरखालीले निहुरिनु पर्ने मैले देख्दिन। समान पेन्सनको अर्थ त्यहि हो जुन बेलायती नागरिकले आजको दिनमा खाई पाई रहेको छ। retrospective को अर्थ त्यहि हो जुन, कुनै पनि भुपु गोरखालीले आफु पेन्सन निस्केको दिन देखि अथवा १९७० देखि जति पाउनु पर्थ्यो त्यसको सांवा ब्याज सहित भुक्तानी हुनु पर्छ १९९७ को सिमा अवधी होइन महशय अनि redundancy पनि त्यो भन्दा फरक छैन। तत्कालीन समयमा जागिर छाड्नु अधिकांश गोरखालीको रहर थिएन त्यो त बेलायत सरकारको बाध्यता र युज एण्ड थ्रो को एउटा नीति थियो भने यति वर्ष र उति वर्ष बेलायती सेनामा सर्भिस गरेका र नगरेका भन्ने समय सिमाको आखिर के अर्थ ? साथै विधवा, हवाई काण्ड र विशेष गरि भुपु गोरखालीहरुमा आश्रित उनीहरुका सन्तान र परिवार सित संगै बस्न र बाँच्नु पाउने मानब अधिकारको हनान आखिर किन ? समग्रमा, आज विश्व मान चित्रमा भगवान बुद्दा, पशुपतिनाथ नाथ र सगरमाथाको देश भनेर जति चिनिएको छौ त्यति नै बीर गोरखालीहरुको देश भनेर पनि चिनिन्छौ र चिनिएका छौ। गोरखा भर्ती जति समस्य हो त्यति नै मुलुक कै प्रतिष्ठा र गौरब पनि हो। गोरखा भर्ती खारेज गरिनु पर्ने सवाल आफ्नो ठाऊंमा छ तर यस भित्र रहेका विकृती र विसंगती, विभेद र सम्बन्धित राष्ट्रबाट गरिदै आएको चर्को श्रम शोषाण अर्को पाटो पनि हो। यस तर्फ समय मै ध्यान जानु सरोकारवाला सबैको अनिवार्यता पनि हो। क्षणिक फाइदा र लोभमा न कसैले यो गम्भिर विषयलाई सस्तो मुल्याङ्कन गरौ न त अवमुल्याङ्कन नै। नेपाल सरकार र आन्दोलनरत संस्था भित्र कै केहि २/४ जना नालायक अवसारवादीहरुले यदि २६ जुलाई २०१७ र त्यस अगाडी-पछाडीका दिनहरुमा हजारौ गोरखालीको हीत विपरीत कुनै निर्णय गर्ने साहस मात्रै गर्यौ भने इतिहास र लाखौ गोरखालीका आँशुले तपाईलाई पोल्ने नै छ तर त्यो आँशुले पोल्नु अगावै कालो मोसो र जुत्ताको माला लगाई काठमडौंको टुँडिखेल लगायत देशको प्रमुख सहरहरु धरान, पोखरा, स्याञ्जा , बुटवल र नेपालदञ्ज-धनगढीमा डुलाउन नपरोस। तपाई कपुत महोदयका स्वर्गे बाबु बाजेले सराप्नु न परोस। धिक्कार्नु न परोस। संयुक्त सत्यग्रह संगर्ष समिति र गेसो को विधामान पाँच बुँदे माग अक्षरस पालन गर्न तर्फ ध्यान दिइयोस। जय गोरखाली


0 comments
Write Down Your Responses