इजरायलको रिसोन लिजियोनमा काम गर्ने नेपाली चेली इन्दिरा खड्का दुर्घटनामा परि गम्भीर घाइते

हिजो जुलाई ५ तारिख २०१७ को दिन इजरायलको रिसोन लिजियोनमा गाडीले ठक्कर दिदा ११ बर्ष देखि इजरायलमा केयर गिभर काम गर्दै आएकी झापा धाइजनकि इन्दिरा खड्का गम्भीर घाइते भएकी छिन साथै उनले हेर्दै आएकी ८८ बर्षिया वृद्धाको घटनास्थल मै मृत्यु भएको छ । आज इजरायलको स्थानीय समय अनुसार बिहान दश बजे घाइते खड्काकि साथी खुशी गुरुङले उनलाई हस्पिटलमा भेटेर सो घटनाको बारे पानाखबरलाई जानकारी दिदै घाइते खड्काको खुट्टा, हात र टाउकोमा गहिरो चोट लागेको बताएकी छिन । असफाह रोफे हस्पिटलमा रहेकी इन्दिरा खड्काको तस्बीर खुशी गरुंगबाट प्राप्त हिजो सघन कक्षमा राखेर उपचार गरेपछि केहि ठिक भएको भन्दै डाक्टरले ओपिडीमा सारेको छ । घाइते इन्दिरा खड्कालाई गम्भीर चोट लागे पनि आतिनु नपर्ने अस्पतालले जनाएको छ साथै खड्कालाइ भेट्न पुगेकी खुशी गुरुङले टेलीफोन मार्फत घाइतेसंग पानाखबर प्रतिनिधिसंग पनि कुरा गराएकी छिन र कुराकानीको क्रममा घाइते भएकी खड्काले मृत्युको मुखबाट बच्न सफल भएकी बताएकी छिन ।उनको रिशोन स्थित ‘आसाफर रोफे’ अस्पतालमा उपचार भईरहेकोछ। पानाखबर घाइते इन्दिरा खड्काको शीघ्रातिशीघ्र स्वास्थ्य लाभको कामना गर्दछ। इजरायलको चर्चित अनलाइन ynetले दिएको जानकारी अनुसार हिजो बिहान १० बजेर २५ मिनेट तिर यो दुर्घटना भएको जनाएको छ।इजरायल रेडक्रस मगेन ड्भिड अदोमले घाइते खड्कालाई अस्पताल पुर्याएको जनाएको थियो। प्रकाशित मिति :२१ अषाढ २०७४

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.