आजको राशिफल – बि.स.२०७४ आषाड २६ गते । सोमबार । ईश्वी सन् २०१७ जुलाई १० तारिख । नेपाल सम्बत् १९३७ ।

बि.स.२०७४ आषाड २६ गते । सोमबार । ईश्वी सन् २०१७ जुलाई १० तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरयण । ग्रीष्म ऋतु । श्रीशाके १९३९ । श्रावण कृष्ण पक्ष । तिथि प्रतिपदा,१३ घडी १३ पला, बिहान १० बजेर ३३ मिनेट उप्रान्त द्धितिया । नक्षत्र उत्तरषाडा ३४ घडी २९ पला, बेलुका ७ बजेर ०४ मिनेट उप्रान्त श्रवण । योग वैधृति १६ घडि ४१ पला,बिहान ११ बजेर ५७ मिनेट उप्रान्त विष्कुम्भ । करण कौलव, बिहान १० बजेर ३३ मिनेट उप्रान्त तैतिल, बेलुका ११ बजेर ०९ मिनेट उप्रान्त गर । आनन्दादिमा मृत्यु योग । चन्द्रराशि मकर ।मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सरकारि तथा प्रशासनिक क्षेत्रमा सामेल भई समाजको पक्षमा काम गर्ने अवसर प्राप्त हुँने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । निति निर्माण तहमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ भने तपाईबाट आज हुँने निर्णयहरु सबैलाई मान्य हुँनेछ । अध्ययन अध्यापनमा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । थप लगानि गरि व्यापार बिस्तार गर्न सकिनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने पारिवारिक जमघटमा सहभागि भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) बौद्धिक ब्यात्तित्व तथा बिशिष्ट ब्यात्तिहरु सँग भेटघाट हुँनेछ भने नयाँ योजना बनाएर कार्यान्वयनको चरणमा लगि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक उपलब्धि हासिल गर्न सकिन हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुँनेछन् । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । धार्मिक अनुष्ठान तथा मन्दिरमा गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेकोछ । व्यापारमा लगानि गरि प्रशस्त नाँफा कमाउँन सकिनेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) खानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । भौतिक सम्पति तथा सवारि साधनको खरिद बिक्रि गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना हुँन सक्छ । निति नियम तथा कानुनको पालना नगर्दा दण्ड थता जरिवाना तिर्नु पर्ने हुँन सक्छ ध्यान दिनुहोला । समयको ख्याल नगर्दा पुराना समस्या बल्झने तथा नयाँ कामहरु थाति रहनेछन् । ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि नहुँदा दैनिकि असहज हुँनेछ । माया प्रेम आजको दिन टाडै रहनु बेस हुँनेछ किनकी भेटमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव बढ्नेछ । कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेमको बन्धन कसिलो हुँनुको साथै पति पत्निबिचको सम्बन्धमा थप सुमधुरता बढेर जानेछ । भौतिक सम्पति तथा उपहार प्राप्तिको योग रहेकोछ । पारिवारिक माहोल तथा शुभ मांगलिक कार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवरि प्राप्त हुँनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने उपलब्धिमुलक व्यावसायिक यात्रा हुँनेछ । पढाई लेखाईमा थोरै समय दिदापनि प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा हात लाग्नेछ । जीवन साथिको सहयोेगले आर्थिक व्यावस्थापनका मुद्दाहरु हलगर्दै सम्बृद्धिको बाटोमा लम्कन सकिनेछ । सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानि गर्ने बाताबरण बनेर जानेछ भने आय आर्जनका स्रोतहरु फराकिला हुँनेछन् । वादबिवाद तथा प्रतिश्पर्धामा तिपाईकै जित हुँनेछ भने मुद्दा मामिला तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लाग्ने हुँदा जोस जागर बढेर जानेछ । आफन्त तथा मावलि पक्षबाट तपाईको काममा आर्थिक हुँनेछ भने अरुबेला तपाईको नराम्रा कुरा गर्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् । कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउँन केहि समय पर्खनु पर्नेछ । बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि भने समयले साथ दिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको परिचालन गरि मनग्गे आम्दानि गर्न सकिनेछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ भने वंश बृद्धिको योग रहेकोछ । तुला(रा,री,रु,रे,रो,ता,ती,तू,त) राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताबाट आलोचनात्मक समर्थन प्राप्त हुँनेछ । अरुको काम गर्दा समय बितेको पत्तो नपाईने हुँदा आफ्नो काम भने थाति रहनेछ । खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहने हुँनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्र्चिए पनि थोरै उपलब्धिमा चित्त बुझाउँनु पर्नेछ । स्थाई तथा पैत्रिक धन सम्पतिमा बिवाद आउँने योग रहेकोछ । कृषि तथा पशुपालन अगाल्नेहरुले व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि आय आर्जन बढाउँन सक्नेछन् । बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुँनाले प्रशस्त नाँफा कमाउँन सकिनेछ । मुद्दा मामिला तथा न्यालयबाट हुँने न्याय सम्पादन तपाईकै पक्षमा हुँनेछन् भने बादबिवाद तथा प्रतिस्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराएर अगाडि बढ्न सकिनेछ । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना महत्वपुर्ण भनाईहहरु जनमानसमा लैजान सकिनेछ । पढाई लेखाईमा अरु भन्दा अग्र स्थानमा तपाईको नाम आउँने हुँनाले मन प्रशन्न हुँनेछ । छोटो दुरिको उपलब्धिमुलक यात्राको तय हुँने तथा प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रशंसकहरु बढ्नेछन् प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईको बलियो पकड रहने हुँनाले अरुभन्दा निकैनै अगाडि बढ्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुँनेछन् । कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुँनेछ । आफन्त,साथिभाई तथा कुटुम्बसँग मिलेर कुनैपनि व्यावसायले नयाँ उचाई लिनेछ भने धनसम्पति तथा आय आर्जनमा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुँनेछ । सांगितिक क्षेत्रमा समय दिनेहरुका लागि आजको दिन उत्तम रहेको छ । मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समाजमा प्रतिष्ठित काम गरेपनि बिपक्षहरु मान सम्मान तथा ईज्जत प्रतिष्ठामा गिराउन लागि पर्नेछन् । खानपानमा ध्यान नदिय स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । व्यापार व्यावसायमा प्रसस्त समय खर्चिय पनि भने जस्तो आम्दानि नहुँने हुँनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुँनेछ । समय र परिस्थितिको राम्रो सँग अध्ययन तथा बिश्लेषण गरेर मात्र अगाडि बड्नु होला किनकि काममा बाधा तथा अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि भुमिमा बसेर गरिने व्यापार व्यावसाय फस्टायर जानेछ । बिद्यामा सफलता पाउँन निकैनै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुँबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुँनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने तथा औषधि उपचार खर्च बढेर जाने योग रहेको छ । शैद्धान्तिक बिषयमा आफन्त तथा अग्रज ब्याक्तित्वहरु सँग बिवाद सिर्जना हुँनेछ । समयको सहि सदुपयोग नगर्नाले दुख पाईनेछ भने तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुँनेछ । मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुँनेछ भने सरकारि धन सम्पति तथा पैत्रिक सम्पतिको परिचालन मार्फत आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पार्न सकिनेछ । प्राकृतिक स्रोतसाधनको प्रयोगबाट भनेजस्तो आयआर्जन गर्न सकिनेछ । कृषि,पशुपालन,तरल पदार्थ तथा खनिज पदार्थजन्य उद्योगमा लगानि गर्दा भनेजस्तो नाँफा कमाउँन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई उछिनेर अगाडि बढ्ने समय रहेको छ भने सानो तिनो प्रयत्नले ठुलै काम सम्पादन हुँनेछ । आत्मिय मित्रहरु सँग भेटघाट हुँने तथा लामो समय सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुँनाले मन प्रशन्न रहनेछ ।ओएस नेपालबाट

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.