++==विपरीत दिशाबाट आएको अर्को गाडीलाई साइड दिन खोज्दा बस खस्यो
विपरीत दिशाबाट आएको अर्को गाडीलाई साइड दिन खोज्दा बस खसेको थियो । दुर्घटनामा परी रुकुम, मुरुका मनबहादुर विक र छत्रेश्वरी गाउँपालिकाको झिम्पेका रातु खड्काको मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा दुवैको मृत्यु भएको हो । घाइते भएका २६ जनामध्ये १६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूलाई उपचारका लागि नेपालगन्ज लगिएको छ । घाइते हुनेमा अधिकांश रुकुमका रहेको प्रहरी निरीक्षक धर्मराज केसीले बताए । गम्भीर घाइते हुनेमा रुकुम, पेउघा–७ रुकुमका कृष्णबहादुर खड्का, राङ्सी–७ का अस्मिता विक, त्रिवेणी–५ की यामकुमारी ओली, परशुराम ओली, उनकी १० वर्षकी छोरी दीपा ओली छन् । त्यस्तै रुकुम, आठबिसकोट–६ का निराजन खड्का, खारा–३ का मोहन विक, मुरु–३ का खिमबहादुर सुनारलगायत घाइते भएका छन् ।


0 comments
Write Down Your Responses