निर्मल निवासमा यसरी धमाधम केसको लागि तयारी भइरहेछ ?
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहको ७१औँ जन्मदिवसका अवसरमा निर्मल निवासमा धमाधम तयारीहरू सुरु भएको छ । पूर्व राजा शाहले असार २३ गते महाराजगञ्जस्थित निर्मल निवासमा विशेष कार्यक्रम राखेका छन् ।सो दिन शुभेच्छुक, आफन्त र सर्वसाधारणले शुभकामना दिन पाउने छन् । पूर्व राजपरिवार निकट उच्च स्रोतका अनुसार असार २३ गतेका दिन बिहान ११ बजेदेखि सर्वसाधारणका लागि निर्मल निवासको ढोका खोलिनेछ ।
पूर्व राजाको जन्मदिवस मनाउनका लागि नागरिक समाजका तर्फबाट रामभक्त पीबी ठाकुरको संयोजकत्वमा मूल समिति पनि गठन भएको छ। राजसंस्थाको अन्त्य भए पनि सामान्य नागरिक सरह पूर्व राजा शाहले निर्मल निवासमा जन्मदिनका अवसरमा कार्यक्रम गर्दै आएका छन् ।<iframe width="640" height="360" src="https://www.youtube.com/embed/5aF13LY4b50?ecver=1" frameborder="0" allowfullscreen></iframe>


0 comments
Write Down Your Responses