++++कतारमा हुनुहुन्छ वा कतार जाँदै हुनुहुन्छ यो एक पटक अवश्य पढ्नुहोस, अब कतारमा नाकाबन्दि...+++

एजेन्सी । साउदी अरबको नेतृत्वमा खाडीका चार राष्ट्रले कतारमाथि थप नयाँ नाकाबन्दी लगाउने चेतावनी दिएका छन्। साउदी अरब, बहराइन, मिश्र तथा संयुक्त अरब इमिरेट्सले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै चेतावनी दिएको बीबीसीले जनाएको छ। विज्ञप्तिमा भिनएको छ, ‘कतारलाई चार राष्टरको माग सम्बोधन नगरे क्षेत्रीय सुरक्षामा थप खतरा पैदा हुनेछ। साथै थप नयाँ नाकाबन्दी समेत तत्काल हुनेछ।’ तर चार राष्ट्रले कतारमाथि कस्तो प्रकारको नाकाबन्दी लगाउने भन्नेबारे खुलाइएको छैन। पछिल्लो समय चार राष्ट्रले आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोप लगाउँदै कतारसँगको कुटनीतिक सम्बन्धलाई तोडेका छन् भने चरमपन्थीसँगको सम्बन्धलाई अलग राख्न माग गरेका छन्। यता,चार राष्ट्रको सबै आरोपहरुलाई नकार्दै कतारले ती राष्ट्रका माग अस्विकार गरिदिएको थियो। कतार र चार खाडी मुलुकहरुको सम्बन्ध जोड्न अमेरिकी विदेशमन्त्री सोमबारदेखि नै कुवेतको यात्रा गर्ने र यसले सम्बन्ध बलियो बनाउन सहायक बन्ने बीबीसीले उल्लेख गरेको छ। विहीबार जारी गरिएको बयानमा चार मुलुकु (साउदी, बहराइन, मिश्र तथा संयुक्त अरब इमिरेट्स)ले आर्थिक र राजनीतिक प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए। कतारमाथि कुन मितिमा के के प्रतिबन्ध लगाइयो ? जुन ५ साउदी अरब, मिश्र समेत कैयौ अरब राष्ट्रले कतारमाथि अस्थिरता क्षेत्र भन्दै राजनीतिक तथा कुटनीतिक सम्बन्ध तोडेका थिए।साथै कतार एयरवेज सेवा समेत बन्द गरिदिएका थिए। जून ८ कतारले आफ्नो विदेश नीतिको स्वतन्त्रतालाई अरुसामु समर्पण नगर्ने बताएपछि अमेरिकाले खाडी मुलुकलाई एक जुन २३ कतामाथि १३ वटा मागको सूची थमाइयो र पूरा गर्न १० दिनको समय दिइयो। जसमा पहिलो अलजजिरा न्यूज च्यानल बन्द गर्नु पर्ने, टर्कीको सैन्य अड्डा बन्द गर्नु पर्ने, मुस्लिम दाजुभाईको सम्बन्ध तोड्नु पर्ने र इरानसँग रसायनिक सम्बन् र सम्झौता खारेज गर्नु पर्ने लगायतका माग रहेको थियो। जुलाई १ कतारका विदेशमन्त्रीले खाडीको सबै कुरा स्वीकार्य नहुने तर सही परिस्थितिमा भने कुराकानी गर्न तयार रहेको बताएका थिए। जुलाई ३ साउदी अरब तथा उसका सहयोगीले माग सम्बवधन गर्न ४८ घण्टे अल्टिमेटम दिएका थिए।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.