प्रहरीको गोलीबाट दार्जीलिङमा फेरी एक जनाको मृत्यु भयो

दार्जिलिंङमा जारी प्रदर्शनमा प्रहरीको गोली लागि थप एकको मृत्यु भएको छ। मृत्यु भएका आशा कुमारलाई शनिबार दिउँसो गोली लागेको थियो । स्थानीय अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। शुक्रबार राति दार्जिलिंङ सोनादाका टाँसी भोटियालाई प्रहरीले गोली हानी मारेपछि शनिबार दिनभर दार्जिलिङ प्रदर्शन भएको थियो। शनिबारको प्रदर्शनमा तुङसुङका सुरज सुन्दासको मृत्यु भएको थियो। मृत्युबाट आक्रोशितहरुले सिंहमारीमा आन्दोलनलाई थप उग्र बनाएका थिए। त्यहाँ पनि सुरक्षाकर्मीको गोली लागेर स्थानीय समीर गुरुङको ज्यान गएको थियो। भाषाको विषयमा बंगाल मुख्यमन्त्री ममता व्यनर्जीको अभिव्यक्तिपछि उठेको पछिल्लो दार्जिलिंग आन्दोलन अहिले छुट्टै गोर्खाल्याण्ड राज्यको मागतर्फ परिणत भएको छ। पछिल्लो आन्दोलनका क्रममा दार्जिलिंगमा यसअघि नै तीन जनाको मृत्यु भइसकेको छ। प्रकाशित मिति : असार २५ आइतबार-२०७४

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.