कठोर मन भएकी आमा : दुई सुरक्षाकर्मी मार्न काखको बच्चासहित आत्माघाती विस्फोट गरिन्

इराकमा एक आमाले आफ्नो काखको बच्चासहित आत्माघाती विस्फोटन गरेकी छिन् । इराकी सेनाले आतंककारीलाई निशानामा राखेर भिषण कारबाही गरीरहेको बेलामा सो घटना घटेको हो । इराकी एक स्थानीय टेलिभिजन च्यानलले प्रशारण गरेको दृष्यमा एउटी महिलाले एक हातमा बच्चा र अर्को हातमा विस्फोटक पदार्थ भरिएको ब्याग बोकेको दृष्य देखाइएको छ । बच्चा बोकेकी एक महिलाले आत्मघाती विस्फोट गराएर आफू, आफ्नो बच्चासहित दुई सुरक्षाकर्मीको ज्यान लिएको घटना प्रकाशमा आएको छ । मोसुलमा सुरक्षा कारवाहीपछि स्थानीयबासीहरु सुरक्षित स्थानतर्फ जाँदै गरेको भिडियो दृष्य आफ्नो क्यामेरामा कैद गरिरहेका क्यामेराम्यानलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएअनुसार ती महिलाले ब्याग बोकेकै हातमा रिमोट कन्ट्रोल पनि बोकेकी थिइन् । प्रकाशित मिति : असार २५ आइतबार-२०७४

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.