+++कतारलाई चार अरब देशको नयाँ चेतावनीकतारले चार छिमेकी मुलकका माग अस्वीकार गरेपछि ती अरब मुलुकले कतार विरुद्ध थप नयाँ कदम चाल्ने चेतावनी दिएका छन्। तर ती कदम कस्ता हुनेछन् भनेर खुलाएका छैनन्।+++

साउदी अरेबिया, बहरेन, इजिप्ट र संयुक्त अरब एमिरेट्सले दोहामाथि सो क्षेत्रको सुरक्षालाई जोखिममा पार्ने नीति जारी राखेको आरोप लगाएका छन्। त्यसका विरुद्ध ठिक समयमा उचित कदम चाल्ने उनीहरुले बताएका छन्। उनीहरुले कतारमाथि आतंकवादलाई सहयोग गरेको र इरानसंग सम्बन्ध राखेको आरोप लगाउँदै गत जुन महिनामा सम्पर्क विच्छेद गरेका थिए। कतारले भने आफुले केही गल्ती नगरेको बताएको छ। कतारको विरोध तेल र ग्यासको धनी सो देशलाई थुप्रै मागहरुको सूची दिइएको थियो। ती मध्ये अल जजीरा समाचार संस्था बन्द गर्नुपर्ने, टर्कीको सैनिक आधार शिविर बन्द गर्नुपर्ने, मुस्लिम ब्रदरहुड नामक समूहसंग सम्बन्ध तोड्नुपर्ने र तेहरानसंगको सम्बन्ध घटाउनुपर्ने लगायतका माग छन्। कतारले आतंकवादलाई समर्थन गरेको अस्वीकार गरेको छ र आफ्नो सार्वभौमसत्ता लाई जोखिममा पार्ने र अन्तर्राष्ट्रिय कानुनलाई उल्लंघन गर्ने कुनै पनि कदमलाई नमान्ने बताएको छ। कतारमाथि लागू गरिएका स्थलगत, समुद्री र हवाई प्रतिबन्धले त्यहाँ हलचल मचाएको छ किनकी आफ्ना २७ लाख मानिसका आवश्यकता पूरा गर्न कतार आयातमा निर्भर छ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.