जापानका युवाहरु भन्छन्- 'यौन सम्पर्क न मेरो जरुरत हो न इच्छा नै'

टोकियो- जापान आर्थिकरुपले समृद्ध देश मानिन्छ। तर यहाँको एउटा रिपोर्ट पढ्दा जोसुकैलाई आश्चर्य लाग्न सक्छ। रिपोर्टअनुसमार जापानका युवाहरुमा सेक्सप्रतिको लगाव घट्दोक्रममा छ। उनीहरुले सेक्सलाई पूर्णरुपले बन्देज गरिरहेका छन्। बीबीसीका अनुसार १८-३४ वर्ष समूहमा गरिएको शोधअनुसार ४३ प्रतिशतले आफूले कहिल्यै सेक्स नगरेको उल्लेख गरेका छन्। ५२ प्रतिशतले आफू पूर्णरुपमा भर्जिन रहेको र ६४ प्रतिशतले आफू कुनै किसिमको सम्बन्धमा नरहेको उल्लेख गरेका छन्। जापानलाई लभ होटलको रुपमा पनि चिनिन्छ। तर त्यहाँका युवाहरु के कारणले सेक्स गर्न चाहँदैनन् वा मान्दैनन। २६ वर्षीय एनो मात्सुईले एक हास्यकलाकार हुन्। उनले सेक्सका लागि आफूसँग आत्मविश्वास नै नभएको बताएका छन्। ‘मसँग आत्मविश्वास छैन। म युवतीहरुबीच कहिल्यै लोकप्रिय भइनँ। एकपटक एक युवातीलाई मैले अफर गरेपनि उनले अस्वीकार गरिदिइन्। जुन मेरो लागि असहैय पीडाभन्दा कम थिएन,’ उनले बीबीसीसँग भनेका छन्। उनका अनुसार जापानमा उनीजस्ता धेरै युवाहरु छन्। जसले सेक्सबाट विचलित वा भनौं त्रसित महिलाहरु भेटिएका थिए। ‘म आफैंलाई घृणा गर्छु तर सेक्स गर्नका लागि म असमर्थ छु,’ उनले भने। ४५ वर्षीय रोकुदेनाशिको पनि कलाकार हुन्। उनीसँग दुई युवती छन्। तीमध्ये एकले भनिन्, ‘म अहिले जहाँ छु त्यो मेरो लागि सुखद ठाउँ हो। किनकि म ब्वायफ्रेन्डसँग महत्पूर्ण समय बिताउन पाउँछु।‘ रोकुदेनाशिकोले रिलेशनसिपमा बस्नु समान्य कुरा नभएको बताए। युवातीलाई डेटमा लानुभन्दा पुरुषहरु पोर्न भिडियो हेरेर सन्तुष्ट हुने गरेको उनको बुझाई छ। पुरुहरु पोर्न हेरेर सन्तुष्ट हुन्छन् भने महिलाहरु के गर्छिन् त? २४ वर्षीया एना भन्छिन, ‘सेक्सको सट्टा त मलाई वाइन पिउन मन पर्छ। मेरो लागि सेक्स न जरुरत हो न इच्छा नै।‘ (एजेन्सी)टोकियो- जापान आर्थिकरुपले समृद्ध देश मानिन्छ। तर यहाँको एउटा रिपोर्ट पढ्दा जोसुकैलाई आश्चर्य लाग्न सक्छ। रिपोर्टअनुसमार जापानका युवाहरुमा सेक्सप्रतिको लगाव घट्दोक्रममा छ। उनीहरुले सेक्सलाई पूर्णरुपले बन्देज गरिरहेका छन्। बीबीसीका अनुसार १८-३४ वर्ष समूहमा गरिएको शोधअनुसार ४३ प्रतिशतले आफूले कहिल्यै सेक्स नगरेको उल्लेख गरेका छन्। ५२ प्रतिशतले आफू पूर्णरुपमा भर्जिन रहेको र ६४ प्रतिशतले आफू कुनै किसिमको सम्बन्धमा नरहेको उल्लेख गरेका छन्। जापानलाई लभ होटलको रुपमा पनि चिनिन्छ। तर त्यहाँका युवाहरु के कारणले सेक्स गर्न चाहँदैनन् वा मान्दैनन। २६ वर्षीय एनो मात्सुईले एक हास्यकलाकार हुन्। उनले सेक्सका लागि आफूसँग आत्मविश्वास नै नभएको बताएका छन्। ‘मसँग आत्मविश्वास छैन। म युवतीहरुबीच कहिल्यै लोकप्रिय भइनँ। एकपटक एक युवातीलाई मैले अफर गरेपनि उनले अस्वीकार गरिदिइन्। जुन मेरो लागि असहैय पीडाभन्दा कम थिएन,’ उनले बीबीसीसँग भनेका छन्। उनका अनुसार जापानमा उनीजस्ता धेरै युवाहरु छन्। जसले सेक्सबाट विचलित वा भनौं त्रसित महिलाहरु भेटिएका थिए। ‘म आफैंलाई घृणा गर्छु तर सेक्स गर्नका लागि म असमर्थ छु,’ उनले भने। ४५ वर्षीय रोकुदेनाशिको पनि कलाकार हुन्। उनीसँग दुई युवती छन्। तीमध्ये एकले भनिन्, ‘म अहिले जहाँ छु त्यो मेरो लागि सुखद ठाउँ हो। किनकि म ब्वायफ्रेन्डसँग महत्पूर्ण समय बिताउन पाउँछु।‘ रोकुदेनाशिकोले रिलेशनसिपमा बस्नु समान्य कुरा नभएको बताए। युवातीलाई डेटमा लानुभन्दा पुरुषहरु पोर्न भिडियो हेरेर सन्तुष्ट हुने गरेको उनको बुझाई छ। पुरुहरु पोर्न हेरेर सन्तुष्ट हुन्छन् भने महिलाहरु के गर्छिन् त? २४ वर्षीया एना भन्छिन, ‘सेक्सको सट्टा त मलाई वाइन पिउन मन पर्छ। मेरो लागि सेक्स न जरुरत हो न इच्छा नै।‘ (एजेन्सी)

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.