+++श्रीमान कमाउन मलेसियामा, नेपालमा यहि कार भित्र पहिरोमा पुरियर परिवारका ३ जनाको मृत्यु++=
धनगढी / दार्चुला : दार्चुलाको दुहु गाउँपालिकाबाट भारतको पिथौरागढ जिल्लाको धारचुलाको बाटो प्रयोग गरेर जिल्ला सदरमुकाम आईरहेका एकै परिवारका तीन जना नेपालीको पहिरोमा पुरिएर मृत्यु भएको छ । सो घटनामा परी दुई जना भारतीय नागरिकको पनि मृत्यु भएको छ ।दार्चुला नजिकैको पारीपट्टीको घट्टेधारमा भारतीय युके ०५ पीए १२८१ नम्बरको जीपमा नेपालतर्फ आईरहेका तीन नेपालीको ज्यान गएको हो भने दुई जना गम्भिर घाईते भएका छन । पहिरोमा परी दुई भारतीय नागरिकको पनि ज्यान गएको छ । नेपाल भारत जोड्ने तिग्रम घाटबाट भारतको दार्चुलाको सडक प्रयोग गरेर दार्चुला सदरमुकाम खलंगा आउईरहनु भएका दुहु गाउँपालिका वडा नम्बर १ पिपलचौरी सौतोलीका ३५ वर्षीया हिरादेवी बम, उहाँका १७ वर्षीय छोरा ओमकार वम र १४ वर्षीया छोरी प्रियङका बमको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी केदार खनालले जानकारी दिनुभयो । सोही पहिरोमा परी २४ वर्षीय डमरी बम र २१ वर्षीय माधुरी बम घाइते भएका छन । दुर्घटनामा पिथौरागढ जिल्ला जुमा ग्राम पञ्चायतका गाडी चालक ३२ वर्षीय विनोद विश्वकर्मा र सोही ठाउँका झुछाल सिंहको समेत मृत्यु भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मृतकका श्रीमान दिल बहादुर वम वैदेशिक रोजगारीमामलेसिया हुनुहुन्छ । घाइते डमरीदेवी र माधुरीको धारचुलामा उपचार भइरहेको छ । यस्तै अविरल वर्षाका कारण अछामको साफे हुदै बाजुराको मार्तडी जोडने सडक खण्ड पाँच दिनदेखि अवरुद्ध भएको छ । आइतबारदेखि परेको अविरल वर्षाका कारण सडक अवरुद्ध भएको बाजुराका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिनुभयो । तिपाडामा गएको पहिरोले सडक अवरुद्ध पारेपछि डोजर प्रयोग गरेर मर्मत गर्ने कार्य भएपनि लगातारको वर्षाले बाटो अवरुद्ध हुदै आएको उहाँले बताउनुभयो । पहिरो नरोकिएपछि मार्तडीसम्म चल्ने यातायातका साधनहरु तिपाडाभन्दा माथि आउन सकेका छैनन । अवरोध भएको तिपाडाको सडकमा डोजर लगाएर खोज्ने कार्य भने भइरहेको प्रमुख जिल्ला अधिकारी लामीछानेले बताउनुभयो । यसैगरी मार्तडी कोल्टी सडक पनि शनिबार देखि नै अवरुद्ध भएको छ ।अविरल वर्षाका कारण वझाङमा पहिरोका कारण दुई परिवार विस्थापित भएका छन् । विथ्थडचिर गाउँपालिका ५ का खडक सिंह महर र हरिकला महरको घरमाथिबाट पहिरो खसेपछि विस्थापित भएको स्थानीय बासिन्दाले बताएका छन् । बिहिबार दिउँसो घर माथिबाट पहिरो जाँदा दुबै परिवारको घर आधा पहिरोले च्यापिएको छ । दुबै परिवारको घर पहिरोको उच्च जोखिममा रहेको हरीदाद महरले बताउनुभयो । दुई परिवारका ११ जना सदस्य सबै सुरक्षित खुल्ला चौरमा बसेका छन् । लगातार परेको पानीका कारण डोटी लगायत डोटीका पहाडी जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ । लगातार परेको पानीले डोटीको गैरा क्षेत्रमा रहेका बिद्युतिय पोलहरु ढल्दा डोटीका पहाडी जिल्ला डडेल्धुरा, वैतडी, अछामको बिद्युत अवरुद्ध भएको हो । पानी पर्न छाडेपछि बिद्युत सुचारु हुने साना जलबिद्युत कार्यालय दिपायलका प्रमुख ललितनारायण चौधरीले जानकारी दिनुभयो । अन्नपूर्ण पोस्ट बाट


0 comments
Write Down Your Responses