चर्किदै गोर्खाल्याण्ड आन्दोलन : भारत सरकारले दार्जिलिङमा नाकाबन्दी गरेपछि नेपालले उपलब्ध गरायो खाद्यान्न
काठमाडौँ । भाषा विवादबाट सुरु भएर गोर्खाल्याण्ड मागका लागि दिनदिनै दार्जिलिङमा चर्किरहेको आन्दोलनलाई देखाएर भारत सरकारले आफ्नै नागरिकमाथि नाकाबन्दी लगाएपछि हाँहाँकार मच्चिएको दार्जिलिङलाई नेपालले खाद्यान्न उपलब्ध गराएको छ ।दार्जिलिङ, कालेम्पोङ, मिरिकलगायतका क्षेत्रहरुमा करिब १ महिनादेखि जारी गोर्खाल्याण्ड आन्दोलनका कारण आम हड्ताल हुनका साथै पश्चिम बंगाल सरकारले प्रहरी र सेना लगाएर पहाडी क्षेत्रमा खाद्यान्न लैजान रोक लगाएपछि भारतीय नागरिकहरु नेपाली बजारमा आश्रित हुन पुगेका हुन् । झापाको चारआली हुँदै इलामको पशुपतिनगर नाकाबाट दार्जिलिङ प्रवेश गर्न सकिने भएकाले भारतले यो नाका थुन्न सहज नभएकाले दार्जिलिङबासी यही नाकाबाट खाद्यान्न उपलब्ध गराउन सकिने सरोकारवालाहरुले बताएका छन् । पशुपतिनगरको वैधानिक बाटोबाट भारततर्फ खाद्यान्न नलगिए पनि पशुपतिनगर मानेभञ्ज्याङे कच्ची सडकमार्फत् सीमा बजार माने भञ्ज्याङमा दैनिकरुपमा पिकअप भ्यानबाट दाल, चामल लगायतका खाद्यान्न गइरहेको पनि स्थानीयले बताएका छन् । भारत सरकारले पछिल्लो दिनहरुमा आन्दोलनलाई दमन गर्न भन्द्र प्रहार गरेको गोलीले थप एकको मृत्यु भएपछि आन्दोलनले उग्र रुप लिएको छ ।


0 comments
Write Down Your Responses