ज्यानमारा सेल्फी, यो सेल्फीले लियो आठ जनाको ज्यान
एजेन्सी। भारतमा हिजो एउटा सेल्फीले ८ जनाको ज्यान लिएको छ । नागपुरमा यो जोडीले लिएको यो सेल्फी उनीहरुको जिन्दगीकै अन्तिम सेल्फी बन्न पुग्यो । यहाँ पिकनिकमा गएका ११ साथीहरुमध्ये ८ जनाको यही सेल्फीले ज्यान लिएको हो । आइतबार दिउँसो नागपुरको मंगरुड गाउँमा ११ जना साथीहरु पिकनिकका लागि गएका थिए । त्यही क्रममा त्यहाँको तालमा उनीहरु सबैजना एउटा डुंगामा चढेर जलयात्रामा रमाइलो गर्न थाले । यही क्रममा यो जोडिले डुंगाको किनारामा स्टन्टसहित सेल्फी लिए। उनीहरुले सेल्फी त लिए तर त्यसले डुंगाको सन्तुलन बिग्रियो र डुंगा पल्टियो । डुंगामा सवार ११ जनामध्ये ८ जनाको मृत्यु भएको छ । ३ जनाको उद्धार गरिएको छ । पिकनिकमा गएका सबै युवाहरु १८ देखि २८ वर्षको बीचका छन् ।


0 comments
Write Down Your Responses