नारायणगढ मुग्लिन सडकखण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाउन विकास समितिको निर्देशन

प्रकाशित मिति :2017-07-04 08:08:29 व्यवस्थापिका संसदको विकास समितिले स्तरोन्नतीको क्रममा रहेको चितवनको नारायणगढ – मुग्लिन सडक खण्डमा रातको समयमा सवारी साधन पूर्णरुपमा बन्देज गर्न निर्देशन दिएको छ । सिंहदरवास्थित समितिको कार्यकक्षमा आज बसेको बैठकले सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सो सडक खण्डमा राति सवारी साधन सञ्चालन बन्द गर्न निर्देशन दिएको हो । मुग्लिन–नारायणगढ सडक खण्डमा पछिल्लो समय नियमित जस्तो खस्ने पहिरोका कारण जनधनको क्षति पुगेको भन्दै सुरक्षाको प्रबन्ध मिलाउन, वर्षायामको समयमा रातिको समयमा सवारी आवागमनलाई निषेध गर्न, वैकल्पिक मार्गको प्रयोग गर्न, संम्भव भएसम्म राति पनि सडक विस्तारको कार्य गर्न तथा जोखिमयुक्त बस्तिलाई स्थानान्तरण गर्न समितिले सरोकारवाला निकायलाई निर्देशन दिएको हो । समिति सभापति रविन्द्र अधिकारीले मुग्लिन–नारायणगढ सडक खण्डको अवस्था अत्यन्तै जोखिमपूर्ण रहेको र राति यो जोखिम थप बढ्ने भएकाले सवारी बन्देज गर्न निर्देशन दिइएको जानकारी दिनुभयो । समितिले केही दिन अघि यो सडक खण्डको अनुगमन गरेको थियो । समितिले नागढुंगा क्षेत्रको सडकमा रहेको बिजुलीको पोलगायत अवरोध हटाउन समेत निर्देशन दिएको छ । यस्तै, उपत्यका भित्रका सडकहरुलाई तत्काल स्त्तरोन्नति गर्न, मापदण्ड अनुसार सडकको चौडाई कायम गर्न, आगामी दिनमा बिजुलीका तारहरुलाई युटिलिटि टनेल अन्तर्गत अन्डरग्राउन्ड गर्न र सडकहरुलाई तीन महिनाभित्र दुरुस्त अवस्थामा राखिसक्ने व्यवस्था मिलाउन पनि सम्बन्धित सरकारी निकायलाई समितिले भनेको छ ।<iframe width="854" height="480" src="https://www.youtube.com/embed/5aF13LY4b50?ecver=1" frameborder="0" allowfullscreen></iframe>

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.